नियम ७५
संशोधनको सूचना
(१) संशोधन पेश गर्न चाहने सदस्यले प्रस्तावमाथि विचार गरिने दिनको चौबीस घण्टा अगावै संशोधनको सूचना सचिवलाई दिनु पर्नेछ ।
तर सभामुखको अनुमति लिएर प्रस्तावमाथि छलफल प्रारम्भ हुनुभन्दा कम्तीमा एक घण्टा अगावै संशोधनको सूचना पेश गर्न सकिनेछ ।
(२) संशोधनको सूचना प्राप्त भएमा प्रत्येक संशोधनको एक–एक प्रति सदस्यलाई उपलब्ध गराइनेछ ।